मितिः २०८२/०६/०५
श्रीसम्माननीय प्रधानमन्त्रीज्यू,
विषयः मन्त्रीमण्डलमा जेन-जी समूहको प्रतिनिधित्व सम्बन्धमा
सम्माननीय प्रधानमन्त्रीज्यू,
जेन-जी समूहको उद्देश्यअनुसार सञ्चालित आन्दोलनले देशलाई नयाँ राजनीतिक मोडमा पुर्याएको कुरा सर्वविदितै छ। वर्तमान अवस्थामा हाम्रै सरकार गठन भई मन्त्री परिषद् विस्तार प्रक्रिया अघि बढिरहेको सन्दर्भमा, सम्माननीय प्रधानमन्त्रीज्यूले मन्त्री परिषदको सदस्य संख्या ११ जनाको हुने घोषणा गर्नुभएकोप्रति हामी अवगत छौं।
यस सन्दर्भमा, आन्दोलनले उठाएको मुख्य मागअनुसार मन्त्रिपरिषदमा करिव ५०% युवाको प्रतिनिधित्व आवश्यक रहेको हाम्रो ठमाइ छ। जेन-जी समूह एकीकृत भई सात जना सहसंयोजक तोकिएको अवस्थामा, हामी सह-संयोजकहरूको आपसी समझदारी र सहमति अनुसार मन्त्री परिषदमा जेन-जी समूहको तर्फबाट योग्य, क्षमतावान तथा निष्ठावान व्यक्तित्वको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने देखिन्छ।
यसै आधारमा, धेरै युवामध्ये अमतावान व्यक्ति श्री सहदेव खत्रीलाई युवा तथा खेलकुद मन्त्रालय वा अन्य कुनै उपयुक्त मन्त्रालयमा नियुक्ति गरी जेन-जी समूहको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक रहेको हामी सबैको सामूहिक माग रहेको जानकारी गराउँदै यो पत्र पेश गरिएको छ।
निवेदकहरूः
It is encouraging to see capable youth like Advocate Sahadev Khatry stepping forward with dedication and vision for public service. His integrity, fresh perspective, and proven commitment to social responsibility reflect the qualities required of future leaders. I strongly believe that Advocate Sahadev Khatry has the potential to serve the nation at higher levels of responsibility, including ministerial leadership, and I fully support this petition.