" म जातले होइन कर्मले चिनिन चाहन्छु !अखण्ड नेपाल ज़िन्दाब
म जातले होइन कर्मले चिनिन चाहन्छु । सिमाना काट्ने बित्तिकै मेरो पहिचान केवल "नेपाली" हुन्छ भने सिमाना भित्र पनि मलाई "नेपाली" नै हुने रहर छ, कृपया मलाई जातको सिमाना भन्दा माथि उठ्न देउ...मलाई खुला आकाशमा उड्न देउ, मलाई पहिले नेपाली बन्न देउ - "नागरिक नेपाल" -Rabindra Mishra अखण्ड सुदुरपश्चिमको माग सहित आज बिहान निस्केको जुलुश। यो ५ घण्टा लगाएर छिमेकी जिल्ला बाट ओसारिएका भाडाका मानिश हरुको जुलुश होइन, कुनै जातिको नाममा राज्य चाहियो भन्ने यो जुलुशको माग होइन, राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि गरिएको जुलुश हो। माओबादीले प्रस्ताब गरेको लिम्बुवान, खम्बुवान, ताम्सालिङ, नेवाल्याण्ड, तमूवान, मगरात स्वायत्त प्रदेशहरुमा तत् तत् जातिको जनसंख्या क्रमसः २६.८२%, २५.६९%, ३१.७...८%, ३५.४०%, २३.३८% र २८.२०% मात्र छ। यी राज्य हरुका बाकी बहुमत जातजातिहरुले आफ्नो अधिकारको लागि बिद्रोह गर्छन कि गर्दैनन ? १०२ जाति भएको देशमा जातीय राज्य कसरि सम्भब छ ? जातीय राज्यको वकालत गर्ने हरु नाइजेरिया र इथोपियामा जातीय राज्य छ , नेपालमा किन नहुने भन्दै उदाहरण दिन्छन। सन् १९६९ मा नाइजेरिया मा ३ वटा जातीय राज्य बाट सुरु भएको संघियता ४, १४, २९ वटा हुदै २००९ सम्म आइपुग्दा ३६ राज्यमा बिभाजित भएको छ ; इथोपियामा ९ जातीय राज्यबाट सुरु भएको संघियता हालसम्म ३२ राज्यमा विभाजित भएको छ । के तपाईहरु लाई चाहिएको यस्तै संघियता हो ? नेपाललाई इथोपिया र नाइजेरिया होइन मित्रहरु, स्विजरल्याण्ड र नेदरल्याण्ड बनाउने सोच राख।
Links
Enter your details on the next page
Comment
See More 0